फाप्ला:वर्षाका कारण प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत आज हुने भनिएकाे पहिलाे खेल अवरुद्ध भएकाे थियाे।
धनगढीको फाप्ला मैदानमा बिहान ९ बजेदेखि सुरू हुने भनिएकाे कर्णाली र गण्डकी प्रदेशबीचकाे खेल वर्षाका कारण अवरुद्ध भएकाे हाे ।
बिहान ८:३० मा टसकाे समय राखिएकाेमा वर्षाकै कारण १० बजे टस भएपनि खेल सुरू नहुँदै पानी परेकाे थियाे । ढिला टस भएर १९ ओभरमा झारिएकाे खेल पुनः पानी परेपछि सुरू नहुँदै अवरुद्ध भएकाे छ।
गण्डकीले टस जितेर पहिला ब्याटिङ राेजेकाे छ। लगातार वर्षा भइरहेकोले खेल सुरू हुने सम्भावना न्यून रहेकाे छ।
माघ १ गतेदेखि सुरू भएकाे प्रतियोगिता ९ टाेलीकाे सहभागीता रहेकाे छ।
हालसम्म भएका खेलमा सुदूरपश्चिम लगातार दुई खेल जितेर ४ अंकका साथ शिर्ष स्थानमा छ।
राष्ट्रिय खेलकुद परिषद्काे कार्यक्रमअनुसार नेपाल क्रिकेट संघको आयाेजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे व्यवस्थापनमा सञ्चालन भएको प्रतियाेगिता माघ १२ गते सम्पन्न हुनेछ।

