काठमाडौं: जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग(एनपीएल) काे प्लेअफमा पुगेको छ ।
काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गर्दै जनकपुर प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बनेको छ । १ सय २ रनको झिनो लक्ष्य जनकपुरले १५.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
जनकपुरका लागि हर्ष ठाकरले नट आउट रहेर सर्वाधिक २७ रन जोडे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं निर्धारित १९.३ ओभरमा अल आउट हुँदै १ सय १ रनको झिनो योगफल तयार गरे ।
काठमाडौंका लागि जेहार्ड एरास्मसले सर्वाधिक २० रन बनाए ।
जनकपुरका लागि ललित र शेरलर समान ३, मोहम्मद मोहसिनले २ तथा किशोर महतो र अरनिको यादवले समान १ विकेट लिए ।
आजै भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको थियो ।
जनकपुरले आफ्नो अन्तिम खेल आइतवार चितवन राइनोजसँग खेल्नेछ। काठमाडौंले पोखरा र विराटनगरसँग खेल्न बाँकी छ।
मंसिर १५ गतेदेखि सुरू भएकाे प्रतियोगितामा ८ टाेलीकाे सहभागीता रहेकाे छ।
