सुपर ओभरमा सन्दीप चुटिए,पाेखरा विजयी

काठमाडौं : नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सले दोस्रो जित हात पारेको छ। सुपर ओभरमा विराटनगरलाई १३ रनले हराएको हो। 

सुपर ओभरमा लामिछानेको बलमा रेमर रेफरले लगातार दुई छक्का एक चौकासहित १७ र आन्देश गोसले एक रन बनाएपछि पोखराले १८ रन बनायो। 

जवाफी ब्याटिङमा आएको विराटनगरले ५  रन बनायो। 

विराटनगरका लागि मार्टिन गप्टिलले दुई  निकोलस किर्तनले दुई रन बनाए भने एक वाइडबलका कारण अतिरिक्त  एक रन प्राप्त भयो। 

विराटनगरले दिएको १३९ रनको लक्ष्य पोखराले पनि ६ विकेट गुमाएर १३९ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।

यसअगाडि पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!