काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गुर्खाज विजयी भएको छ ।
टीयू क्रिकेट मैदानमा काठमाडाैंले दिएको १ सय ४ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.२ ओभरमा ८५ रन बनाएर अलआउट भयो ।
काठमाडाैंसँग १८ रनले पराजित भएपछि रोहितकुमार पौडेल कप्तान रहेको लुम्बिनी एक खेलअगावै लिग चरणबाट बाहिरिने निश्चित भएको छ । ६ खेल खेलिसकेको लुम्बिनीले जम्मा एक खेलमात्रै जित्न सकेको छ ।
जारी प्रतियोगितमा लिग चरणबाटै बाहिरिने लुम्बिनी पहिलो टिम बनेको छ । चार खेलमा दोस्रो जित निकालेको काठमाडाैंको भने प्लेअफ सम्भावना कायमै छ ।
