काठमाडौं: काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले लगातार चाैथाे जित निकालेकाे छ।
चाैथाे जित दर्ता गर्ने क्रममा जनकपुरले लुम्बिनी लायन्समाथि १ रनकाे राेमाञ्चक जित निकाल्याे ।
लुम्बिनीकाे याे चाैथाे हारले प्रतियोगिताबाट बाहिरने संघारमा पुगेकाे छ। जनकपुरले भने चाैथाे जितसंगै प्लेअफमा बलियाे दाबेदारी पेस गरेकाे छ।
जितका लागि १३७ रनकाे लक्ष्य पछ्याएकाे लुम्बिनीले २० ओभरमा ८ विकेटको क्षतिमा १३५ रन मात्रै बनाउन सक्याे । जसमा कप्तान राेहित पाैडेलले ३५ रन बनाए।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेकाे जनकपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३६ रन बनायाे। जसमा कप्तान अनिल शाहले सर्वाधिक ४५ रन बनायाे।
लुम्बिनीका अभिषेक गाैतमले ३ विकेट लिए।
आजै हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले प्रतिस्पर्धा गर्दैछन्। यो खेल दिउँसो १ बजे सुरु हुनेछ।
अपराजित सुदूरपश्चिम ६ अंकसहित शीर्ष स्थानमा छ भने एक खेल गुमाएको चितवन चार अंकसहित तेस्रो स्थानमा छ ।
प्रतियोगितामा ८ टाेली सहभागी छन्।
