काठमाडौं: काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३७ रनकाे लक्ष्य दिएकाे छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेकाे जनकपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३६ रन बनायाे। जसमा कप्तान अनिल शाहले सर्वाधिक ४५ रन बनायाे।
लुम्बिनीका अभिषेक गाैतमले ३ विकेट लिए।
यसअघि लगातार तीन जित निकालेको टाेली जनकपुर आज जित निकाल्दै प्लेअफमा पुग्न बलियाे दाबेदार पेस गर्न चाहन्छ। लगातार तीन हार खाएको लुम्बिनी आजकाे खेल नजिते प्रतियोगिताबाट बाहिरिने खतरामा छ।
जनकपुर अनिल शाहको कप्तानीमा छ भने लुम्बिनी राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहित पौडेलको नेतृत्त्वमा मैदानमा उत्रेकाे छ।
दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले प्रतिस्पर्धा गर्दैछन्। यो खेल दिउँसो १ बजे सुरु हुनेछ।
अपराजित सुदूरपश्चिम ६ अंकसहित शीर्ष स्थानमा छ भने एक खेल गुमाएको चितवन चार अंकसहित तेस्रो स्थानमा छ ।
प्रतियोगितामा ८ टाेली सहभागी छन्।
