शिखर धवन र रोहन मुस्तफाले एनपीएल नखेल्ने !

काठमाडौं:
भारतीय खेलाडी शिखर धवन र युएईका खेलाडी रोहन मुस्तफाले नेपाल प्रिमियर लिग एनपीएलका बाँकी खेल नखेल्ने भएका छन् ।

शिखर सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सबाट खेल्दै आएका थिए भने मुस्तफा दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्सबाट मैदान उत्रेका थिए ।

कर्णालीले धवनलाई ४ खेलका लागि मात्रै अनुबन्ध गरेकाले चारवटै खेल खेलिसकेपछि धवन स्वदेश फर्किन लागेका हुन् ।

मुस्तफा भने पारिवारिक समस्याका कारण युएई फर्किएका छन् ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा काठमाडौंको र्कीर्तिपुर मैदानमा मंसिर १५ गतेदेखि सुरु भएको एनपीएल क्रिकेट प्रतियोगिता पुस ६ गते सम्पन्न हुनेछ ।

प्रतियोगितामा ८ टोलीको सहभागीता रहेको छ ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!