कर्णालीकाे दाेस्राे जित, विराटनगरकाे तेस्रो हार

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले दाेस्राे जित निकालेकाे छ।
दाेस्राे जित निकाल्ने क्रममा कर्णालीले विराटनगर किङ्ग्सलाई
८ रनले हरायाे।
कर्णालीकाे चार खेलबाट याे दाेस्राे जित हाे । विराटनगरले भने चारखेलबाटै एकमात्रै जित निकालेकाे छ।

जितका लागि पाएकाे १३४ रनकाे लक्ष्य पछ्याएकाे विराटनगर निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२५ रन मात्रै बनाउन सक्याे।
उसका निकाेलस किर्तनले सर्वाधिक ४० रन बनाएपनि हार टार्न सकेनन् ।
कर्णालीका नन्दन यादबले ३ विकेट लिए।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेकाे कर्णालीले निर्धारित २० ओभरमा १३३ रनमा समेटियाे । जसमा विलिम विसिस्टले ६६ र देव खनालले ५३ रन बनाए।
विराटनगरका प्रतिस जिसीले ४ र बसिर अहमदले २ विकेट लिए।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!