कर्णालीद्वारा विराटनगरलाई १३४ रनकाे लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा
कर्णाली याक्सले विराटनगर किङ्ग्सलाई १३४ रनकाे लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेकाे कर्णालीले निर्धारित २० ओभरमा १३३ रनमा समेटियाे । जसमा विलिम विसिस्टले ६६ र देव खनालले ५३ रन बनाए।
विराटनगरका प्रतिस जिसीले ४ र बसिर अहमदले २ विकेट लिए।
जारी एनपीएलमा कर्णाली याक्सले तीन खेल खेलेको छ, जसमा दुईवटामा पराजित हुँदा एक  खेल जितेको छ। तीन खेल खेलेको विराटनगर किङ्सले पनि यसअघि दुई खेलमा हार भोग्दै एक खेल जितेको थियो। 

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!