पाेखराकाे कीर्तिमानी जित,लुम्बिनी स्तब्ध

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्समाथि कीर्तिमानी जित निकालेकाे छ।

कीर्तिमानी जित निकाल्ने क्रममा पाेखराले लुम्बिनीलाई १० विकेटले हरायाे। जितका लागि पाएकाे १७१ रनकाे लक्ष्य पाेखराले १६.५ ओभरका विना विकेटको क्षतिमन पूरा गर्याे।
पाेखराका ओपनरद्वय आन्द्रे घाेसले कीर्तिमानी शतक र दिनेश खरेलले अर्धशतक प्रहार गरे ।

घाेस एनपीएलमा शतक हिर्काउने पहिलाे खेलाडी बन्ने रेकर्ड राखे भने र दिनेश अर्धशतक हिर्काउने पाँचौ नेपाली खेलाडी बने ।
घाेस १०४ र दिनेश ६१ रनमा अविजित रहे ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेकाे लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७० रन बनायाे । जसमा कप्तान राेहित कुमार पाैडेलले सर्वाधिक ९५ रन बनाए।

राेहित नेपाल प्रिमियर लिगमा अर्धशतक हिर्काउने चाैथाे नेपाली खेलाडी बनेका छन् । राेहितले आज पाेखरा एभेन्चर्सविरूद्धकाे खेलमा अर्धशतक हिर्काएका हुन्।

यसअघि जनकपुरका कप्तान अनिलकुमार शाह पहिलाे,सुदूरपश्चिम राेयल्सका कप्तान दीपेन्द्र सिंह ऐरी दाेस्राे र विराटनगर किङ्सका लाेकेश बम तेस्रो एनपीएलमा अर्धशतक हिर्काउने नेपाली खेलाडीकाे सूचीमा छन् ।

पाेखराका विपिन खत्रीले २ विकेट लिए।
लुम्बिनीकाे याे लगातार दाेस्राे हार हाे । पाेखराले पनि दाेस्राे खेलमा विजयी स्वाद चाख्याे।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!