सुदूरपश्चिम टस हारेर ब्याटिङमा

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदुरपश्चिम रोयल्स टस हारेर ब्याटिङ गर्दैछ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा काठमाडौं गुर्खाजले टस जितेर सुदुरपश्चिमलाई ब्याटिङकाे निम्ता दिएको हाे।

एकमा हार र एकमा जित निकालेकाे काठमाडौं तेस्राे खेल खेल्दैछ। सुदूरपश्चिमकाे दाेस्राे खेल हाे। यसअघि पहिलाे खेलमा शानदार सुरूवात गरेकाे सुदूरपश्चिम दाेस्राे जितकाे दाउमा छ।

मंसिर १५ गतेदेखि सुरू प्रतियोगिता आगामी पुस ६ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा ८ टिमको सहभागिता छ ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!