काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले काठमाडौँ गुखार्जलाई १५० रनकाे लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४९ रन बनायाे ।
जसमा ओपनर शिखर धवनले अर्धशतकीय पारी खेले ।
शिखर ५१ बलमा ७२ रनमा अविजित रहे।
कर्णालीले अन्तिम ४ ओभरमा ५१ रन जाेड्याे।
दुबै टाेलीले पहिलाे खेल हारेकाले आज जित निकाल्न चाहन्छन् ।

