एनपीएल: दीपेन्द्र र सन्दीपकाे टिम भिड्दै

काठमाडौं: क्रिकेट नेपाल प्रिमियर लिग (एनपीएल)काे आज सुदूरपश्चिम राेयल्स र विराटनगर किङस भिड्दैछन्।

खेल बिहान ९ बजे त्रिवि खेलमैदान कीर्तिपुरमा हुनेछ ।

सुदूरपश्चिम दीपेन्द्र सिंह ऐरीकाे कप्तानीमा मैदान उत्रनेछ भने विराटनगर सन्दीप लामिछानेको नेतृत्वमा खेल्नेछ।

सुदूरपश्चिम पहिलाे खेल खेलिरहेकाले सुखद सुरूवात गर्न चाहन्छ। पहिलो खेलमा पराजित विराटनगर आजकाे खेल जित्ने लक्ष्यमा हुनेछ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ देखि सुरू भएको प्रतियोगिता पुस छ गते सम्पन्न हुनेछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!