काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)काे पहिलाे खेलमा अहिले काठमाडौं गुर्खाजले चितवन राइनाेजलाई ११२ रनकाे लक्ष्य दिएकाे छ।
कीर्तिपुर मैदानमा चितवनले टस जितेर काठमाडौंलाई ब्याटिङकाे निम्तो दिएकाेमा निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १११ रन मात्रै बनाउन सक्याे। उसका सुमित महर्जनले सर्वाधिक २९ रन बनाए ।
चितवनका साेहेल तनभीरले घातक बलिङ गरे। उनले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए।
उनी एनपीएलमा एकै खेलमा ५ विकेट लिने पहिलाे खेलाडी समेत बने।
दुबै टाेली सुखद सुरूवातकाे खाेजीमा छन्।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ देखि सुरू भएको प्रतियोगिता पुस छ गते सम्पन्न हुनेछ ।
