काठमाडौं: क्रिकेट नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुदैछन्।
कीर्तिपुर मैदानमा बिहान ९ बजेपछि हुने पहिलाे खेलमा काठमाडौं गुर्खाज र चितवन राइनाेज भिड्दा दाेस्राेमा दिउँसो १ बजे जनकपुर बाेल्ट्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।
काठमाडौं,चितवन र कर्णाली सुखद सुरूवात गर्न चाहन्छन् भने जनकपुर दाेस्राे जितकाे खाेजीमा हुनेछ।
जनकपुरले यसअघि विराटनगर किङ्सलाई ८ विकेटले पराजित गरेकाे थियाे।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ देखि सुरू भएको प्रतियोगिता पुस छ गते सम्पन्न हुनेछ ।
