काठमाडौं: प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ भएको छ ।
आजै मङ्गलबार धन्वन्तरी जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष कात्तिक कृष्ण पक्षको त्रयोदशीका दिन यो पर्व मनाउने चलन छ । यस दिनलाई धन त्रयोदशी र धनतेरस पनि भन्ने गरिन्छ ।
बिहान त्रयोदशी परेका दिन धनतेरस अर्थात् धनत्रयोदशी र बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुने शास्त्रीय नियम रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस दिन नयाँनयाँ भाँडाकुँडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ ।
