बैतडी: लागूऔषध ब्राउन सुगरसहित बैतडीमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका–४ खोल्सीका २१ वर्षीय नरेश विक रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरिक्षक जनकराज ढुंगानाले जानकारी दिनुभयाे।
विकलाई दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका –६ स्थित सुर्नया नदीको पक्की पुल नजिकबाट २ ग्राम ४९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हाे।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउँदको नेतृत्वमा खटिएको टोलीले उनलाई प्रकाउ गरिएकाे हाे।
उनी पहिलादेखि ब्राउन सुगर ओसारपोसारमा संलग्न रहेको हुन सक्ने आशंका गरिएको छ ।
पक्राउ परेका विकमाथि लागू औषध ओसारपोसार मुद्दामा अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
