काठमाडौं: मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ बाट बाहिरिएको छ। हार्दिक पान्ड्याको कप्तानीमा रहेको पाँच पटक च्याम्पियन बनेको मुम्बई दुई खेल अगावै उपाधि दौडबाट बाहिरिएको हाे। ।
बुधबार राति सनराइजर्स हैदराबादले लखनऊ सुपर जायन्ट्सलाई १० विकेटले हराएसँगै मुम्बई आधिकारिक रूपमा प्लेअफ दौडबाट बाहिरिएकाे हाे। याे संगै मुम्बई यस सिजनको पहिलो टोली बनेको छ ।
मुम्बई १२ खेलमा ४ मा जित र ७ मा हारसहित ८ अंकका साथ नवौं स्थानमा छ । मुम्बईले अब शनिबार कोलकाता र अर्को शुक्रबार लखनऊसँग खेल्नेछ ।
दुवै खेलमा विजयी हुँदा मुम्बई १२ अंकमा पुग्न मात्रै सक्छ । कम्तिमा चार टोली १४ अंकभन्दा माथि हुने पक्का हुँदा मुम्बई बाहिरिएको हो ।
मुम्बईले यस सिजनदेखि हार्दिकलाई कप्तानमा नियुक्त गरेको थियो । २०१३ देखि कप्तानी गर्दै पाँच ट्रफी मुम्बईलाई जिताउने रोहित शर्मालाई हटाउँदै हार्दिकलाई कप्तानी जिम्मेवारी दिएको थियो । त्यसैको कारण यस सिजनभर हार्दिकको आईपीएलमा चर्को आलोचना हुदै आएको छ ।

