श्रीकाेट बहुमुखी क्याम्पसमा जलवायुसम्बन्धि कार्यशाला गाेष्ठी सम्पन्न

बैतडी:बैतडीको दाेगडाकेदार गाउँपालिका-३ खाेचलेकमा रहेकाे श्रीकाेट बहुमुखी क्याम्पसमा जलवायु परिवर्तनसम्बन्धि एकदिने कार्यशाला गाेष्ठी सम्पन्न भएकाे छ। श्रीकाेट बहुमुखी क्याम्पसकाे आयाेजनामा भएकाे कार्यशाला गाेष्ठीमा जलवायु परिवर्तनका कारण,असर तथा न्यूनीकरणका उपायसम्बन्धी प्रशिक्षण दिइएको हाे।
गाेष्ठीमा जलवायु परिवर्तन र यसकाे असर,जलवायु अनुकुलन र न्यूनीकरणका चरणहरूबारे बन अधिकृत हेम नारायण सहानीले प्रकाश पार्नुभयाे।
जलवायु परिवर्तन न्यूनीकरणका लागि स्थानीय सरकारकाे भूमिकाका बारेमा दाेगडाकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर धामीले कार्यशालामा आफ्ना धारणा राख्नुभयाे।
फाेहाेरमैला व्यवस्थापनकाे वर्तमान अवस्था, उत्पन्न हुने स्राेत र व्यवस्थापनका बारेमा श्रीकाेट स्वास्थ्यचाैकीका इञ्चार्ज वीरसिंह भाटले प्रस्तुतीकरण गर्नुभयो ।
श्रीकाेट बहुमुखी क्याम्पस सञ्चालक समितिका जेष्ठ सदस्य करबिर नाथकाे अध्यक्षतामा सम्पन्न कार्यशाला गाेष्ठीमा क्याम्पस प्रमुख दान सिंह कार्कीले स्वागत मन्तब्य राख्नुभयाे।
“सक्छौ सफा गराैं,सक्दैनौं फाेहाेर नगराैं” भन्ने उद्धेश्यका साथ सञ्चालन गरिएको कार्यशाला गाेष्ठीमा सराेकारवाला सबैकाे सहभागीता रहेकाे थियाे।
सहभागीहरूले जलवायु परिवर्तन न्यूनीकरणका लागि आ-आफ्नाे क्षेत्रबाट सहयाेग गर्ने प्रतिवद्धता जनाउनुभयाे।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!