बैतडी:पहिराेले अवरुद्ध भएकाे बैतडीको पाटन-पञ्चेश्वर सडकखण्ड सुचारू भएकाे छ।
उक्त सडकखण्डकाे अर्ताेला भन्ने ठाउँमा आज बिहान ७ बजे पहिराे खस्दा सडक अवरुद्ध भएकाे थियाे।
अवरुद्ध सडक अपरान्हपछि सुचारू भएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिनुभयाे।
डिभिजन सडक कार्यालयकाे जेसीबीले पहिराे पन्छाएपछि अपरान्ह ४ बजेपछि सडक पुर्ण रूपमा सुचारू भएकाे हाे ।
सडक सुचारू भएसंगै तल्लाेस्वराडबाट बाहिरिने र भित्रिने सवारी तथा यात्रु आ-आफ्नाे गन्तव्यतर्फ लागेका प्रहरीले जनाएको छ।
