कञ्चनपुर: चट्याङ लागेर ३ जनाकाे मृत्यु भएकाे छ। दुई जनाको कञ्चनपुर र एकजनाकाे बाजुरामा चट्याङ लागेर मृत्यु भएको हाे। एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा कञ्चनपुरकाे दोधारा चाँदनी नगरपालिका–६ का ३४ वर्षीय यामबहादुर सुनार र लालझाडी गाउँपालिका–१ की २८ वर्षीया हिरामती राना रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार दोधारा चाँदनी नगरपालिका–६ का ३६ वर्षीय जगते सुनार चट्याङ लागेर घाइते भएका छन्।
घाइते जगतेको अवस्था सामान्य रहेको छ।
यसैबीच बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको बुढिगंगा नगरपालिका–४ बानेगाउँका ६० वर्षीय खम्ब कटुवालको चट्याङ लागेर गएराति घटनास्थलमै मृत्यु भएको हो।
