सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा मन्त्रिपरिषद् बिस्तार

कैलाली: सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ।

एमाले र काँग्रेसको समर्थनमा आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहले सोमबार प्रदेश प्रमुख नजिर मियाँबाट पद तथा गोपनीयताको शपथ लिनुभएकाे हाे। ।

शपथ ग्रहण गरे लगत्तै मुख्यमन्त्री शाहले मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ। उहाँले नेपाली काँग्रेसका दुई, एमालेबाट तीन र नागरिक उन्मुक्ति पार्टीबाट एक जना मन्त्री र काँग्रेसबाट दुई र एमालेबाट एक जना राज्यमन्त्री नियुक्त गर्नुभएकाे हाे।

शाह दाेस्राेपटक सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्नुभएकाे हाे।

Exif_JPEG_420

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!