सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाह नियुक्त

कैलाली: सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दल नेता कमलबहादुर शाह नियुक्त हुनुभएको छ।

प्रदेश प्रमुख नजिर मियाँले शाहलाई आइतबार अपराह्न मुख्यमन्त्री नियुक्त गर्नुभएकाे हाे । प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा २ अनुसार शाहलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हाे।

यसअघि शाहले नेकपा (एमाले) को समर्थनमा आइतबार दिउँसो मुख्यमन्त्री पदमा दाबी पेस गर्नुभएको थियोे ।
मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएपछि यहाँ नयाँ सरकार गठनका लागि आइतबार अपराह्न ५ बजेसम्मको समय दिइएको थियो।
शाह दाेस्राेपटक सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्नुभएकाे हाे।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!