काठमाडौं: प्रधानमन्त्री केपी ओलीले ६ साउनमा प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यक्रम छ।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले दिएको जानकारीअनुसार यही आइतबार ६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा ओलीले विश्वासको मत लिन लाग्नुभएको हाे।
प्रधानमन्त्री नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गर्दै ओली कांग्रेसको साथमा संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हाे।
असार ३१ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण लिएका प्रधानमन्त्री ओलीको सरकारमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा नेपाल र लोसपाका तर्फबाट मन्त्रीहरू बन्नुभएकाे छ।
