विराट र राेहितपछि जडेजाकाे पनि सन्यास

काठमाडौं: भारतीय क्रिकेट टोलीका अलराउण्डर रविन्द्र जडेजाले पनि सन्यासकाे घाेषणा गरेका छन्।

आईसीसी टी–२० विश्वकप २०२४ जितेसँगै जडेजाले सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन् ।

रवीन्द्र जडेजाले पनि टी–२० आईबाट सन्न्यासको घोषणा गरेका हुन् ।

भारतले शनिबार राति आईसीसी टी–२० विश्वकप फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको थियो ।

३५ वर्षीय जडेजाले ७४ टी–२० आई खेलमा ५४ विकेट लिनुको साथै ५१५ रन बनाएका छन् ।
उनले सन् २००९ मा श्रीलंकाविरुद्ध कोलोम्बोमा टी–२० आईमा डेब्यू गरेका थिए ।

यसअघि उक्त विश्वकप जितेलगत्तै कप्तान रोहित शर्मा र ओपनर विराट कोहलीले टी–२० आईबाट सन्न्यासको घोषणा गरेका थिए ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!