काठमाडौं: भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि जितेसँगै सन्न्यासको घोषणा गरेका छन् । रोहितले टी२० आईबाट सन्न्यास लिएको घोषणा गरेका हुन् ।
शनिबार फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले दोस्रो पटक टी–२० विश्वकपको उपाधि जित्यो । भारतलाई टी–२० विश्वकपको उपाधि जिताउन उनको कप्तानी र प्रदर्शन दुबैमा सानदार योगदान रह्यो । विश्वकप २०२४ मा उनले ८ खेलमा २५७ रन बनाएका थिए ।
यसका साथै भारतका पूर्व कप्तान विराट काेहलीले विश्वकप उपाधिजितेलगत्तै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिएको घोषणा गरेका छन् ।
उनले टी–२० आईमा कुल १२५ म्याच खेले, जसमा कोहलीले ४ हजार १८८ रन बनाए। त्यसक्रममा उनले ३८ अर्धशतक र एक शतक हिर्काए।
विराट विश्वकपकाे फाइनल खेलमा म्यान अफ द म्याच समेत चुनिए।
