नेपालबाट बाहिरियो मनसुन,छिटपुट वर्षाको सम्भावना भने कायमै

काठमाडौ: नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिएको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज असोज २८ गते यस वर्षको मनसुन नेपालको सबै भूभागबाट बाहिरिएको हो ।

यस वर्ष असोज १७ गतेदेखि नै पश्चिमी तथा उत्तरी केही भूभागबाट मनसुन बाहिरिन सुरु गरेको थियो ।

सामान्यतया नेपालमा मनसुन १३ जुनदेखि सुरु भई २ अक्टोबरमा बाहिरिन्छ । तर यस वर्ष १९ जुन अर्थात् असार ५ गते मनसुन भित्रिएको थियो भने सरदर मितिभन्दा १२ दिनपछि बाहिरिएको छ ।

यस वर्ष नेपालबाट मनसुन बाहिरिने सरदर मितिको अवधिमा सरदर वर्षा भएको छ । यद्यपि भूगोल अनुसार वर्षाको मात्रा र प्रतिशत फरक छ । तराई र पहाडको तुलनामा हिमाली क्षेत्रमा बढी वर्षा भएको छ ।

मौसमविदहरुका अनुसार नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिएकाले आगामी केही दिनसम्म मौसम घमाइलो हुने छ । पहाडी भेगका एक–दुई ठाउँमा छिटपुट वर्षाको सम्भावना भए पनि समग्रमा दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!