जिप दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते

बझाङ:बझाङकाे सुर्मा गाउँपालिका–४ दौतडा बाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको जिप सुर्मा गाउँपालिका–२ डोगडीमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

कर्णाली प्रदेश ०२–००१ च १०९५ नम्बरको जिपमा तीन जना सवार रहेको बताइएको छ। दुर्घटनामा सुर्मा गाउँपालिका–४ निवासी २७ वर्षीय चालक कुन्धन बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिप सुर्मा गाउँपालिका–४ बाट स्थानीय किसानले उत्पादन गरेको आलु बिक्रीका लागि सदरमुकाम चैनपुरतर्फ ल्याउँदै गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

दुर्घटना सुर्मा गाउँपालिका–२ डोगडीमा भएको र चालक बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाले जानकारी दिनुभयो। दुर्घटनामा घाइते भएका दुई जनाको अवस्था तथा उनीहरूको थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!