बैतडीमा भलिबल प्रतियोगिताका लागि सहयोग संकलन सुरु

बैतडी: जिल्ला खेलकुद समिति बैतडीको आयोजनामा कात्तिक १३ गतेदेखि मेलौलीमा सञ्चालन हुने अन्तर वडास्तरीय खुल्ला महिला र पुरुष भलिबल प्रतियोगिताको लागि सहयोग संकलन अभियान सुरु भएको छ ।
भलिबल खेलप्रति आस्थावान,स्थानीय तह, वडा कार्यालय, समाजसेवीलगायतले भलिबल प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्न सुरु गरेका जिल्ला खेलकुद समिति बैतडी अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिनुभयो ।
यो प्रतियोगिता भलिबलका देश विदेशमा रहेका राष्ट्रिय, अन्र्तराष्ट्रिय, प्रदेश, जिल्लास्तरीय महिला तथा पुरुष खेलाडीहरु खेलप्रेमीहरु र नेपाल भलिबल संघको खेल सामग्रीको सहयोगमा सञ्चालन हुन लागेको जनाएको छ ।
सबैको सहयोगबाट प्रतियोगिता भव्य र सभ्य रुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको बताउनुभयो ।

हालसम्म पाटन नगरपालिका ९ घर भइ उल्का गारमेन्स धनगढीका प्रोप्राईटर सुरेन्द्र भण्डारीले स्वयंसेवकका लागी ३० थान ट्रेकसुट,शिवनाथ गाउँपालिका ६ कनाली घर भइ हाल मुम्बईमा बस्ने उत्तमबहादुर चन्दले ८५ पिस टोपी,सुर्नया गाउँपालिका ४ का भलिबल खेलाडी राजेन्द्र बहादुर भाटले पुरुषतर्फ को सर्बाेत्कृष्ट पुरुस्कार ७ हजार ७७७, पञ्चेश्वर गाउँपालिका ४ घर भइ हाल दक्षिण कोरीयामा रहेका प्रकाश चन्दले महिलातर्फ सर्बाेत्कृष्टको पुरुस्कार ७ हजार ७७७, दशरथचनद नगरपालिका ३ घर भइ हाल काठमाडौं बस्ने नविन नाथले पुरुष तर्फ बेस्ट स्पाईकरको पुरस्कार ५ हजार ५५५, पूर्व भलिबल खेलाडी मेलाली नगरपालिका ७ घर भइ हाल जापान उच्च शिक्षा हासिल गरिरहनुभएकी मञ्जु ओझाले ५ हजार सहयोग गर्नुभएको छ ।

अध्यक्ष चन्दले अन्य सहयोगी दाताहरुलाई पनि सहयोगका लागि आग्रह गर्नुभएको छ ।

प्रतियोगितामा जिल्लाका ८४ वटै वडाका टिम सहभागी हुनेछन् ।
प्रथम स्थान हासिल गर्ने टिमले महिलापुरुष दुबैतर्फ १ लाख ११ हजार १११ नगदसहित ट्रफी मेडिकल प्रमाणपत्र प्राप्त गर्ने छ ।
दोस्रो स्थान हासिल गर्ने टिमले ७७ हजार ७७७, तेस्रो स्थान हासिल गर्ने टिमले ४४ हजार ४४४ ट्रफी मेडिकल प्रमाणपत्र प्राप्त गर्ने आयोजक खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिनुभयो।

प्रतियोगितामा विधागत उत्कृष्ट प्रदर्शन गर्ने सबै विधाका खेलाडीलाई नगदसहित पुरस्कारको व्यवस्था रहेको समेत आयोजकले जनाएको छ ।
प्रतियोगिताले भलिबल खेलको विकास हुने विश्वास गरिएको छ।
साथै प्रतियोगिताको पारदर्शिताका लागि आय व्ययको विवरण समापनको दिन सार्वजनिक गर्ने र बचत रकमबाट खेलाडी कल्याणकारी कोष स्थापना गरिने अध्यक्ष चन्दले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!