बैतडी: घाँस काट्ने क्रममा बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको डिलाशैनी गाउँपालिका–४ नुवाकोट,तडीबटाकी ३० बर्षीया भागरथी सार्कीको शुक्रबार भीरबाट लडेर मृत्यु भएको हाे।
वडा अध्यक्ष हरिदत्त पन्तका अनुसार घर नजिकैको बीरापौड भन्ने भीरमा घाँस काट्न गएकी सार्कीको लडेर घटनास्थलमै मृत्यु भएको बताउनुभयो । उहाँ भीरबाट करीब ३ सय मिटर तल खसेकी बताइएको छ।
मृतक सार्कीका दुई छोरा रहेका छन् । भागरथीको अकालमै मृत्यु भएपछि तडीबटा गाउँ शोकमा डुबेको छ ।
