सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गर्नुभएको छ । बुधबार बसेको प्रदेश सभा बैठकमा सहभागी ४६ जना प्रदेश सभा सदस्य भट्टको पक्षमा ४१ र विपक्षमा १५ मत खसेको हो ।

सभामुख भीमबहादुर भण्डारीले भट्टले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा बहुमत सांसदले मतदान गरेको बताउँदै भट्टले विश्वासको मत पाएको घोषणा गर्नुभयो ।

नेकपाका २० र उपसभामुखसहित एमालेका ११ प्रदेश सभा सदस्य भट्टलाई विश्वासको मत दिनुभएको छ ।

एमालेको समर्थनमा भट्ट गत शुक्रबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!