काठमाडौं: काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु काठमाडौंमा कार्यरत प्रहरी सहायक निरीक्षक (ASI) विक्रम भुजेल २०८३ साल असार महिनाको “Best Police of the Month” बाट सम्मानित हुनुभएकोमा छ।
प्रहरी सहायक निरीक्षक भुजेल अपराध अनुसन्धानमा दक्ष, कर्तव्यनिष्ठ र परिणाममुखी अधिकृतका रूपमा परिचित हुनुहुन्छ। विशेषगरी सूचना सङ्कलनदेखि जटिल घटनाको अनुसन्धानसम्म उत्कृष्ट नेतृत्व र व्यावसायिक दक्षता प्रदर्शन गर्दै आउनुभएको छ।
उहाँले असार महिनामा काठमाडौं उपत्यकामा हुने गुण्डागर्दी नियन्त्रण, फरार प्रतिवादी पक्राउ, कर्तव्य ज्यान, चोरी, डाँका लगायतका विभिन्न गम्भीर अपराधका घटनाको सफल अनुसन्धान गर्नुका साथै कारागारबाट फरार रहेका प्रतिवादीहरू पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। यही उल्लेखनीय योगदानको कदरस्वरूप उहाँ “Best Police of the Month” बाट सम्मानित हुन सफल हुनुभएको हो।
उहाँको कर्तव्यनिष्ठा, इमानदारी, व्यावसायिक दक्षता र उत्कृष्ट कार्यसम्पादनप्रति उच्च सम्मान व्यक्त गर्दै आगामी कार्यजीवनमा अझ बढी सफलता, प्रगति र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको छ।
