यु-१९ राष्ट्रिय भलिबल: सुदूरपश्चिम समूह विजेता बन्दै सेमिफाइनलमा

बैतडी:प्रथम सहाना प्रधान स्मृति यु-१९ राष्ट्रिय भलिबल प्रतियोगितामा सुदूरपश्चिम प्रदेशकाे टाेली सेमिफाइनल प्रवेश गरेको छ।
सुदूरपश्चिम लगातार तेस्रो जित निकाल्दै समूह ‘ए’ को विजेताकाे रूपमा सेमिफाइनलमा सुरक्षित भएकाे हाे।

समूह चरणको अन्तिम खेलमा बिहीबार सुदूरपश्चिमले बागमती प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेकाे सुदूरपश्चिम टिमका प्रशिक्षक दीपेन्द्र भट्टले जानकारी दिनुभयो ।

काठमाडौंकाे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद् (राखेप) कभर्डहलमा सम्पन्न खेलमा सुदूरपश्चिमले २५-२१, २५-१३, २५-१४ ले तीनै सेट आफ्नो पक्षमा पार्यो।

लगातार तेस्रो जितसँगै समूह ‘ए’ को सुदूरपश्चिमले तीन खेलमा नौ अंक जोडेको छ।
पहिलो पराजय ब्यहोरेको बागमती पनि समान खेलबाट ६ अंकका साथ उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको छ।

यस्तै अब सेमिफाइनलमा सुदूरपश्चिमले भाेलि गण्डकी र बागमतीले लुम्बिनीको सामना गर्नेछन्।

टीम ब्यालेन्स र बलियाे रहेकाेले उपाधि जित्ने लक्ष्य रहेकाे सुदूरपश्चिमका प्रशिक्षक दीपेन्द्र भट्टकाे दाबी छ।

प्रतियोगिताका देशका सबै प्रदेशका टाेलीकाे सहभागीता रहेकाे छ।
प्रथम हुने टाेलीले ३ लाख पुरस्कार पाउने जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!