राष्ट्रपति रनिङ शिल्ड: उपाधि बागमतीले जित्याे, सुदूरपश्चिम दाेस्राे बन्न सफल

काठमाडौं: राजधानीमा सम्पन्न १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि साविक विजेता बागमती प्रदेशले जितेको छ । २२ स्वर्ण, २१ रजत र १३ कांस्य जित्दै बागमती उपाधि जित्न सफल भयाे।

प्रतियोगितामा सुदूरपश्चिम प्रदेश दोश्रो भयो । सुदूरपश्चिमले १९ स्वर्ण, ९ रजत र १४ कांस्यपदक हात पार्याे।
१२ स्वर्ण, १५ रजत र १८ कांस्य जितेको लुम्बिनी प्रदेश तेश्रो बन्यो ।
५ स्वर्ण, २ रजत र १८ कांस्यका साथ गण्डकी प्रदेश चौथो, ४ स्वर्ण, ७ रजत र १७ कांस्यका साथ कोशी प्रदेश पाँचौ, ३ स्वर्ण, ६ रजत र ६ कांस्यका साथ मधेश प्रदेश छैटौं तथा २ स्वर्ण, ५ रजत र १२ कांस्यका साथ कर्णाली प्रदेश सातौं स्थानमा रहे ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश र नेपालय इन्टरनेसनल प्रा.लि. को सह–आयोजनामा प्रतियोगिता सञ्चालन भएको थियाे।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!