कास्की: पोखरामा पहिलो पटक महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएका छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा यही वैशाख १८ गते शुक्रबारदेखि २० गतेसम्म पोखरा रङ्गशालामा प्रतियोगिता हुने भएको हो ।
क्लबका अध्यक्ष रमेश कार्कीले गोल्डकपमा आयोजक आरएस पोखरा फुटबलसहित, नेपाल पुलिस क्लब, सङ्कटा क्लब र त्रिभुवन आर्मी क्लबसहित चार टोलीको सहभागिता रहने जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र नेपाल पुलिस क्लब भिड्नेछन् । शनिबार सङ्कटा र त्रिभुवन आर्मी क्लब भिड्नेछन् भने आइतबार फाइनल खेल हुनेछ ।
