खडकको उत्कृष्ट बलिङमा सुदूरपश्चिम विजयी

काठमाडौं: प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले तेस्रो जित निकालेको छ । सुदूरले लुम्बिनी प्रदेशलाई १२ रनले पराजित गरेको हो।

योसँगै सुदूरपश्चिमले प्रतियोगितामा ६ अंक जोडेको छ । चार खेल खेलेको सुदूरपश्चिमले तीन जित र एक हारसहित उक्त अंक जोडेको हो ।

सोमबार वीरगन्जको नारायणी क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको १६९ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४० दशलब २ ओभरमा सबै विकेट गुमाएर १५६ रनमा समेटियो ।

लुम्बिनीलाई सस्तैमा रोक्न खडक बोहरा र शेर मल्लले समान तीन विकेट लिए ।

लुम्बिनीका सन्तोष यादवले ६७ रनको अर्धशतकीय इनिङ खेले । उनले ८४ बलमा सात चौका र एक छक्का प्रहार गरे ।

ध्रुव सुनारले ३६ रन बनाउँदा रञ्जित खड्काले ११ रन जोडे ।

त्यसअघि पहिलो ओभरमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले ४५ दशमलब ४ ओभरमा सबै विकेट गुमाएर १६८ रनको योगफल खडा गरेको थियो ।

सुदूरपश्चिमका दीपक बोहराले ३० रन बनाए । ५५ बल खेलेका बोहराले पाँच चौका प्रहार गरे ।

हेमन्त धामीले २९ रन जोडे । किरण ठगुन्नाले २०, ओपनर अभिषेक पालले १७, प्रकाश पाण्डेले १४ र नारायण जोशीले ११ रन बनाए । खडक बोहरा र सूर्य श्रेष्ठले समान १० रन बनाए ।
लुम्बिनी प्रदेशका सन्तोष यादव र अजय चौहानले समान चार विकेट लिए ।
सुदूरपश्चिमका खडक बोहरा प्लेयर अफ दी म्याच चुनिए ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!