पूर्वप्रधानमन्त्री ओेली र पूर्वगृहमन्त्री लेखक पक्राउ

काठमाडौं: पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ । ओलीलाई गुण्डुस्थित निवासबाटै पक्राउ गरेको हो।
यस्तै पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि भक्तपुरस्थित उहाँकै निवास कटुन्जेबाट प्रहरीले नियन्त्रणमा लिएकाे छ।

नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले अध्ययन गरेर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!