एन्फा खेलकुद परिषदकाे निलम्बनमा

काठमाडौं: राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वलाई निलम्बन गरेको छ ।

पटकपटक दिएको निर्देशन पालना नगरेपछि राखेपले बुधबार खेलकुद विकास नियमावली २०७७ को दफा २९ को (२) अनुसार एन्फालाई निलम्बन गरेको हो ।

उक्त बुँदामा कुनै संघले परिषद्ले दिएको निर्देशन पालना नगरेमा त्यस्तो संघलाई तीन महिनासम्मका लागि निलम्बन गर्न सक्ने उल्लेख छ । योसँगै पंकज विक्रम नेम्बाङ नेतृत्वको एन्फा ३ महिना निलम्बनमा परेको हो ।
अहिलेको एन्फा नेतृत्वले आफू पुनः दोहोरिन कार्यकाल सकिनुभन्दा ३ महिनाअघि नै विधानमै नभएको अर्ली इलेक्सन गर्न खोजेपछि विवाद सिर्जना भएको थियो ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!