बैतडी: बैतडीको शिवनाथमा शुभकामना कप-खुल्ला भलिबल प्रतियोगिताकाे तयारी भएकाे छ।
आगामी वैशाख पहिलाे सातादेखि सुरू हुने गरि प्रतियाेगिताकाे तयारी भएकाे शुभकामना कपका संरक्षक तेजबहादुर चन्दले जानकारी दिनुभयाे। भलिबललाई उत्सवका रूपमा मनाउने लक्ष्यका प्रतियोगिताकाे आयाेजना गरिएको हाे।
“स्पाइक गरौं, जित आफ्नै बनाऔं!” भन्ने नाराका साथ प्रतियोगिता शिवनाथ गाउँपालिका-६, कानलीमा हुनेछ।
श्रीकृष्ण आधारभुत विद्यालय आयाेजक रहेकाे प्रतियोगिताकाे विजेताले ५५ हजार ५५५ पुरस्कार पाउनेछ ।
यस्तै दाेस्राे हुनेले ३३ हजार ३३३ र तृतीय हुनेले २२ हजार २२२ पुरस्कार पाउनेछ ।
प्रतियोगितामा सहभागी हुनकाे लागि टिम दर्ता खुल्ला गरिएको छ।
खेलसँगै विद्यालयकाे गुणस्तरीय सुधारका लागि सहयाेग गरिने संरक्षक चन्दले बताउनुभयो ।
उहाँले भन्नुभयाे,”भलिबल प्रतियोगिताका लागि ३ लाख रकम रहेकाे र प्रतियोगिताबाट उठेकाे पैसा विद्यालयकाे गुणस्तर सुधारका लागि खर्च गरिनेछ।”
संरक्षक चन्दले यसअघि पनि जिल्लामा शुभकामना कपका नामले क्रिकेट र भलिबल प्रतियोगिता सञ्चालनका साथै सहयाेग गर्दै आउनुभएको थियाे।
आठ संस्करणसम्म शुभकामना कप क्रिकेट प्रतियोगिता र निङ्गलाशैनी प्रिमियर लिग क्रिकेट सञ्चालन गरिएको थियाे ।
जिल्लाकाे पुर्चाैडी र दशरथचन्द नगरपालिकामा पनि यसअघि भलिबल प्रतियोगिताका लागि सहयाेग गरिएको चन्दले बताउनुभयो ।
