सचिन भट्टको शानदार बलिङमा बैतडी लगातार विजयी

बैतडी: सचिन भट्टको शानदार बलिङमा बैतडीले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा लगातार दोस्रो जित निकालेको छ ।

दोस्रो जित निकाल्ने क्रममा बैतडीले बझाङलाई ८ विकेटले हरायो । यसअघि पहिलो खेलमा बैतडीले दार्चुलालाई १२८ रनले हराएको थियो ।

आज बैतडीले पाएको ६१ रनको झिनो लक्ष्य ८ दशमलब ३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो ।

जसमा नरेन भट्टले अविजित ३१ र गजेन्द्र बोहराले नटआउट १६ रन हिर्काए ।
बझाङका शुषिल रावलले १ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बझाङ १२ दशमलब २ ओभरमा ६० रनमा समेटियो ।
उसका अभिनाश सिंहले १९ र निराजन रावलले १६ रन बनाएपनि अन्यले दोहोरो अंक छुन सकेनन् ।

बलिङतर्फ बैतडीका सचिन भट्ट एक्लैले ६ विकेट चट्काए । चार ओभर बलिङ गरेका सचिनले ७ रन मात्रै खर्चेर ६ विकेट झारेका हुन् ।
सचिन प्लेयर अफ द म्याच समेत चुनिए । यस्तै लोकेन्द्र चन्दले ३ विकेट झारे

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा प्रदेशका ८ जिल्लाका टोलीको सहभागीता रहेको प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टले बताउनुभयो ।

प्रदेश छनोटपछि राष्ट्रिय क्रिकेट खेल्न सुदूरपश्चिमको टोली बनाइनेछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!