बैतडीमा नेपाल-इण्डो क्रिकेट प्रतियोगिता फागुनमा हुने

बैतडी:बैतडीमा नेपाल–इण्डो खुल्ला टि–ट्वान्टी पुरुष क्रिकेट प्रतियोगिता हुने भएको छ । पञ्चकोटी युवा क्लबको आयोजनामा हुने प्रतियोगिता आगामी फागुन २८ गतेदेखि सञ्चालनको तयारी रहेको हो ।

बुड्डाबाजे खेल मैदान (फल्दाइखाली) रातामाटामा सञ्चालन हुने प्रतियोगितामा नेपालका साथै भारतीय टोलीको पनि सहभागिता रहने आयोजक पञ्चकोटी युवा क्लबका अध्यक्ष उत्तम चन्दले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले ६५ हजार, उपविजेताले ३० हजार ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछ । यस्तै म्यान अफ दी सिरिजलाई पाँच हजार,अनुशासित टिमलाई दुई हजार पाँच सय,बेस्ट ब्याटर र बेस्ट बलरलाई दुई ÷दुई हजार, उदयीमान खेलाडीलाई एकहजार पाराच सय,बेस्ट विकेटकिपर र बेस्ट फिल्डरलाई एक एक हजार पुरस्कार पाउनेछ ।

सहभागी हुन चाहनेले फागुन २४ भित्र टिम दर्ता गराइसक्नुपर्ने र दर्ता शुल्क छ हजार पाँच सय राखिएको छ ।

दशरथचन्द नगरपालिका–१० खडेनीमा रहेको पञ्चकोटी युवा क्लबले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा क्रिकेट प्रतियोगिताको आयोजना गरिएको जनाएको छ ।
प्रतियोगिताको क्रिकेटको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!