प्रधानमन्त्री कप क्रिकेट खेल्ने बैतडीको टाेली सार्वजनिक, खडक कप्तान

बैतडी:प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम छनाेट खेल्ने बैतडीको अन्तिम टाेली सार्वजनिक गरिएको छ।

बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बाेकटीका अनुसार खडक बाेहराकाे कप्तानीमा १४ सदस्यीय टाेली सार्वजनिक गरिएको हाे।

जिल्ला संघले विभिन्न प्रतियोगिता आयोजना गरी प्रदर्शनका आधारमा अन्तिम टाेली छनाेट गरिएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेद बहादुर चन्दले बताउनुभयो ।

यस्तो छ अन्तिम टाेली:
खडक बोहरा (कप्तान), लोकेन्द्र चन्द (उप-कप्तान ), सुनिल चन्द (विकेटकिपर), गजेन्द्र बोहरा,
दिपक बोहरा,नरेन भट्ट,हिक्मत महरा,सचिन भट्ट,आयुश चन्द, लक्ष्मण कार्की, भुपेन्द्र चन्द,विक्रम बोहरा, निखिल चन्द र प्रदिप चन्द रहेका छन्।

यस्तै दिपेश बोहरा,कल्पेश चन्द र रिषिकेश बोहरा वैकल्पिक खेलाडीकाे सूचीमा रहका छन्।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे आयाेजनामा फाप्ला क्रिकेट मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा बैतडीको पहिलाे खेल माघ १८ गते दार्चुलासंग रहेकाे छ।

प्रतियोगितामा प्रदेशका ८ जिल्लाका टाेलीकाे सहभागीता रहने प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टले बताउनुभयो ।
प्रदेश छनाेटपछि राष्ट्रिय क्रिकेट खेल्न सुदूरपश्चिमकाे टाेली बनाइनेछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!