बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

बैतडी: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीका ३३ ओटा मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखिएका छन् । यहाँका १२९ मतदानस्थल मध्ये ३३ ओटा मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखिएको हो ।

विगतको निर्वाचनको समीक्षा, संञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावजस्ता विषयहरूलाई आधार मानेर मतदानस्थलको संवेदनशीलता तय गरिएको जनाएको छ ।
स्थानीय प्रशासनले सुरक्षा दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र समान्य गरी तीन भागमा वर्गीकरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।

जिल्लाका २८ ओटा मतदानस्थल संवेदनशील र ६८ ओटा मतदानस्थल समान्यको सूचीमा रहेका छन् ।

आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई मध्यनजर गरेर स्थानीय प्रशासनले सुरक्षा योजना बनाएर काम गरिरहेको छ । मतदानस्थलको अवस्था हेरेर सुरक्षा योजना निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो।

जिल्लाका दुर्गम स्थानमा रहेका मतदानस्थलहरुको अनुगमन निरीक्षण गर्ने काम समेत भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । कच्ची सडकको पहुँच रहेका मतदानस्थलमा पुग्ने सडकलाई सुधार गर्ने लगायतका बिषयमा स्थानीय तहहरुसँग समेत छलफल गरिएको छ ।

१ सय २९ ओटा मतदानस्थल रहेको बैतडीमा २ सय १४ ओटा मतदान केन्द्र रहेका छन् । जिल्लामा १ लाख ५६ हजार ३७२ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचनको तयारी समेत तिव्र पारिएको जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले बताउनुभयो ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!