दाेगडाकेदार-३ श्रीकाेटकाे नवनिर्मित वडा कार्यालय उद्घाटन

बैतडी: बैतडीको दाेगडाकेदार गाउँपालिका-३ श्रीकाेटकाे नवनिर्मित वडा कार्यालयकाे भवन उद्घाटन गरिएको छ।
श्रीकाेटकाे डाङमा नवनिर्मित वडा कार्यालय भवनकाे दाेगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले बुधबार उद्घाटन गर्नुभयाे।

दाेगडाकेदार गाउँपालिकाकाे सहयाेगमा करिब २० लाखकाे सहयाेगमा ३ काेठे भवन निर्माण गरिएको हाे।
दाेगडा भूमिराज जसलिङ्ग विल्डर्ससंग भवन निर्माणकाे लागि गाउँपालिकाले १९ लाख ५९ हजार ५८४ मा ठेक्का दिएर भवन निर्माण गरेकाे हाे।

उद्घाटन कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष कार्कीले पालिकाभित्रका सम्पूर्ण वडा कार्यालय नयाँ निर्माण भइरहेका बताउनुभयो । उहाँले भन्नुभयाे,” द्वन्द्वकालदेखि जीर्ण रहेका भवनहरू नयाँ निर्माण गरिरहेका छाैं, भवन निर्माणले सेवा प्रवाहमा सहजता ल्याउनेछ।”

जनताले स्थानीय सरकारबाट पाउने सेवासुविधामा सहजता ल्याउने कार्य भइरहेकाे गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताउनुभयो । उहाँले भन्नुभयाे,”जनताले पाउने सेवासुविधा सहज रूपमा पाउन भनेर हामीले काम गरिरहेका छाैं। जनताकाे नजिककाे सरकार भएका हिसाबले सहज रूपमा सेवाप्रवाह गर्नु हाम्रो दायित्व पनि हाे।”

वडा कार्यालयकाे नयाँ भवन उद्घाटनपछि अबदेखि डाङबाटै सेवा सुचारू हुनेछन् । यसअघि खाेचलेकस्थित क्याम्पसकाे भवन भाडामा लिएर वडा कार्यालयका सेवा सञ्चालनमा थिए।

दाेगडाकेदार गाउँपालिका ३ का वडाअध्यक्ष कालुराम सार्कीकाे अध्यक्षतामा सञ्चालन भएकाे उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष चक्र कार्की,उपाध्यक्ष पार्वती कार्की,प्रमुख प्रशासकीय अधिकृत रविन्द्र धामी, गाउँपालिका प्रवक्ता दिनेश भट्ट,वडा नम्बर ४का अध्यक्ष तर्कराज भट्ट,कार्यपालिका सदस्य हेमा भट्ट कपाडी,गाउँपालिका ईन्जिनियर शैलेन्द्र गिरी,लेखा शाखा प्रमुख पदम कार्कीलगायतकाे उपस्थिति रहेकाे थियाे।

वडा सचिव शान्ति साउँदले सञ्चालन गरेकाे कार्यक्रममा समाजसेवी,बुद्धिजीवी,कर्मचारी,स्थानीय बासिन्दा लगायत सहभागी रहनुभएकाे थियाे।

उद्घाटन कार्यक्रममा समयमै वडा कार्यालय निर्माण गरेकाे भन्दै निर्माण कम्पनी दाेगडा भूमिराज जसलिङ्ग विल्डर्सका प्रतिनिधि धर्मेन्द्र कपाडीलाई सम्मान समेत गरिएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!