काठमाडौं: संयुक्त अरब इमिरेट्स (यूएई) मा डिसेम्बर १२ देखि हुने एसीसी पुरुष यू-१९ एसिया कप खेल्ने नेपाली टाेली घाेषणा गरिएको छ।
नेपाल क्रिकेट संघ क्यानले आज अशाेक धामीकाे कप्तानीमा १५ सदस्यीय टाेली घाेषणाा गरेकाे हाे।
अन्य सदस्यहरूमा नीरज कुमार यादव, दिलशाद अलि,अभिषेक तिवारी,सिब्रिन श्रेष्ठ,साहिल पटेल, दयानन्द मण्डल, निश्चल छेत्री , आसिस लोहार ,नितेस पटेल,चन्दन राम,रोशन बि क, विपिन शर्मा ,वंश छेत्री र युवराज खत्री रहेका छन्।
नेपालकाे पहिलाे खेल श्रीलंकासँग डिसेम्बर १३ तारिखमा राखिएको छ।
यस्तै दाेस्राे डिसेम्बर १५ मा बंगलादेश र तेस्रो डिसेम्बर १७ मा अफगानिस्तानसँग रहेकाे छ।
नेपालका सबै खेल सेभेन्स स्टेडियममा राखिएका छन्।
प्रतियोगितामा आठ टाेली सहभागी छन् ।
समूह ए मा भारत,पाकिस्तान,युएई र मलेसिया रहेका छन्। समूह बी मा बंगलादेश,श्रीलंका,अफगानिस्तान र नेपाल रहेका छन्।
प्रतियोगिताका खेलहरू आइसीसी एकेडेमी र द सेभेन्स स्टेडियममा हुनेछन् ।
दुबै समूहबाट शिर्ष दुईमा रहने टाेली डिसेम्बर १९ तारिखमा सेमिफाइनल खेल्नेछन् ।
उपाधि भिडन्त डिसेम्बर २१ तारिखमा हुनेछ ।
