बैतडी:प्लास्टिकमा बेरेकाे अवस्थामा पुरूषकाे शव,हत्या आराेपमा महिला पक्राउ

बैतडी:प्लास्टिकमा बेरेकाे अवस्थामा बैतडीको पाटन नगरपालिका ६ का ४५ विरभान सिंह विष्टको शव फेला परेको छ । तीनदेखी बेपत्ता रहेका विष्टकाे शव साेमबार दिउँसो पाटन पञ्चेश्वर सडकखण्ड अन्तर्गत पर्ने घाङल खोलामा प्लास्टिकमा बेरेर फालेको अवस्थामा फेला परेको हाे।

विष्टलाई बेपत्ता पारेको भन्दै आफन्तले  इलाका प्रहरी कार्यालय पाटनमा सोही वडाकै २६ वर्षीया महिला भागरथी बिष्टको नाममा उजुरी दिएका थिए । त्यसपछि लगत्तै भागरथीलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएकाे बैतडीका प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ नायव निरीक्षक भुपाल थापाले जानकारी दिनुभयाे।
विरभानकाे मोबाइल समेत प्रहरी नियन्त्रणमा रहेकी महिला संग फेला परेको थियो ।
विरभान असार १ गतेदेखि बेपत्ता रहेका थिए । पक्राउ परेकी महिलाका श्रीमानकाे केही वर्ष अगाडि मृत्युु भएको बताइएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!