बैतडी–बैतडीको जगन्नाथ बहुमुखी क्याम्पसका स्ववियु सभापति रोशन भट्ट स्ववियु परिषदको सुदूरपश्चिम प्रदेश समितिको उपसभापतिमा निर्विरोध चयन भएका छन् ।
दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस अत्तरीयाका स्ववियु सभापति भुवन महराको सभापति रहेको समितिमा भट्ट उपसभापतिमा चयन भएका छन् ।
समितिको सचिवमा कृष्ण वैजनाथ बहुमुखी क्याम्पस कञ्चनपुरका करणप्रसाद भट्ट, सहसचिवमा केदार सूर्य बहुमुखी क्याम्पस डोटीका हिरा मन्नी, कोषाध्यक्षमा बडिमालिका बहुमुखी क्याम्पस बाजुराका सविन रावत लगायत अन्य सदस्यहरु चयन भएका छन् ।
स्ववियु परिषदकाे निर्वाचन हालै मात्र काठमाडौंमा सम्पन्न भएको थियोे ।
