नेपाली यू-१९ टाेली एसिया कपका लागि छनाैट

काठमाडौ:नेपाली यू-१९ टाेली एसिया कप खेल्नका लागि छनाेट भएको छ।
नेपालले आज सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउदै एसिया कपकाे लागि छनाेट भएको हाे।

मलेसियाले दिएकाे ५२ रनकाे सामान्य लक्ष्य नेपालले ७.५ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्याे।
नेपालका वंश क्षेत्रीले अविजित २३ र निश्चल क्षेत्रीले अविजित १५ रन हाने।
मलेसियाका माेहम्मद अक्रामले १ विकेट हात पारे।
यसअघि संयुक्त अरब इमिरेट्स (यूएई) काे अजमान मैदानमा टस हारेर पहिला ब्याटिङ गरेकाे मलेसिया १७.२ ओभरमा ५१ रनमा अलआउट भयाे।
उसका हमजाह पङ्गीले १३ , मुहम्मद फतुल मुइनले ११ रन जाेडेपनि अन्य ब्याटरले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् ।
नेपालका नितिस कुमार पटेलले ४,चन्दन रामले ३,कप्तान अशाेक धामी,राेशन विश्वकर्मा र अपराजित पाैडेलले १/१ विकेट लिए।

१४ टोलीको सहभागिता रहेको यो प्रतियोगिताबाट तीनवटा टोली आगामी एसीसी यू-१९ एसिया कपमा छनोट हुने जनाएको छ ।
यो प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोली सिधै आगामी एसीसी यू-१९ एसिया कपमा छनोट हुनेछन् । सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुनेछ । तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने प्रावधान छ ।

यू-१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमै हुँदैछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!