प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको बैतडी छनाैट तथा बिडिसिए कपकाे २२ औं संस्करण अन्तरगत आज सम्पन्न खेलमा दशरथचन्द एकेडेमी विजयी भएको छ।
एकेडेमीले थालिगडालाई क्रिकेट क्लबलाई १०६ रनले हरायो ।
जितका लागि पाएकाे २७७ रनकाे लक्ष्य पछ्याएको थालिगडा १९.२ ओभरमा १७० रनमा समेटियाे। उसका अमन तिरूवाले ५० र लाेकेन्द्र रावलले ४४ रन बनाएपनि टाेलीलाई जिताउन सकेनन् ।
एकेडेमीका निखिल चन्दले ३,दिनेश महरा र सुमित रावलले २/२ विकेट हात पारे।
यसअघि दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा पहिला ब्याटिङ गरेकाे एकेडेमीले ३७ ओभरमा २७६ रनमा समेटियाे।
जसमा आयुश चन्दले ८७,प्रयास रावलले ६६,सुनिल चन्दले ५३ रन जाेडे।
थालिगडाका नरेश रावलले ३ तथा जितु रावलले २ विकेट लिए।
एकेडेमीका आयुश चन्द म्यान अफ द म्याच चुनिए।
बैतडी जिल्ला क्रिकेट संघको आयाेजनामा कात्तिक २१ गतेदेखि सुरू प्रतियोगिता मंसिर ५ गते सम्पन्न हुनेछ।
