पाटन पुगेर मुख्यमन्त्री शाहले भने,’सुशासनका लागि प्रदेश सरकार प्रतिबद्ध छ’

बैतडी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुशासनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

सोमबार बैतडीको पाटन नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीसंगको अन्र्तक्रिया कार्यक्रममा उहाँले सुदूरपश्चिमको सम्बृद्धि र सुशासनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो,“सुशासन, पारदर्शिता र सम्बृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध छ । माग र आवश्यकताका आधारमा प्रदेशको विकास हुँदै गएको छ । ”

यस्तै पाटन नगरपालिकाको विकास, करार कर्मचारी तथा स्थानीय सेवा सञ्चालन ऐन सम्बन्धी कुरामा छलफल भएको थियो । जसका लागि प्रदेश सरकार लागिपरेको मुख्यमन्त्री शाहले बताउनुभयो ।

अन्र्तक्रियाका क्रममा पाटन नगरपालिकाको समस्या, विकास गर्नुपर्ने कुराबारेमा पनि जानकारी गराइएको नगरप्रमुख गौरीसिंह रावलले जानकारी दिनुभयो ।

उक्त अन्र्तक्रियामा मुख्यमन्त्री शाहसँगै प्रदेश सभा सदस्य शिवराज भट्ट,पाटन नगरपालिकाका जनप्रतिनिधि,कर्मचारीलगायतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!